छैटौं महाधिवेशन, नयाँ कार्यसमिति चयन

तामाङ पत्रकार संघको अध्यक्षमा सुवास योञ्‍जन चयन भएका छन्। संघको शनिबार स्वयम्भूमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनले योञ्‍जनको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

 

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्‍जन लामा, दुई जना उपाध्यक्षमा विश्वराज तामाङ र नेत्र तामाङ, महिला उपाध्यक्षमा अञ्‍जु डिम्दोङ, महासचिवमा तिर्थमान बल, दुई सचिवमा शिशिर दोङ र उर्गेन लो तामाङ, महिला सचिवमा सरस्वती तामाङ र कोषाध्यक्षमा डोल्माछिरिङ तामाङ चयन भएका छन्।

 

यस्तै सदस्यहरुमा इकमान लामा, युनिकरक्ष ग्लान, रमिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, सोङबहादुर (राजु) लो, मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्‍जन, मानवी मोक्तान, रामचन्द्र तामाङ, कृतिका ग्लान, मिङ्‍मा लामालगायत छन्।

 

यसअघि महाधिवेशनको उद्‍घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै जाति, समुदायको आवाज बुलन्द गर्न पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताए। तामाङ पत्रकारहरुको समस्या हल गर्न सहयोग गर्ने प्रतिबद्धसमेत उनले जनाए।

 

महाधिवेशनमा देशभरका करिब १०० प्रतिनिधि सहभागी थिए। संघको हाल २२ जिल्ला, दुईवटा प्रदेश र एक प्रवास (दक्षिण कोरिया) शाखा रहेका छन्।