पूर्व अध्यक्षहरुसँग छलफल, वेबसाइट सार्वजनिक

तामाङ पत्रकार संघले आफ्नो वेबसाइट सार्वजनिक गरेको छ।

मंसिर २१ गते बुधवार १८ औं स्थापना दिवसको अवसर पारी काठमाडौंको सिनामंगलस्थित एअरपोर्ट होटलमा आयोजित पूर्व अध्यक्षहरुसँग अन्तरक्रिया र वेबसाइट सार्वजनिककरण समारोहमा www.atjnepal.org.np वेबसाइट सार्वजनिक गरिएको हो।

अन्तरक्रियामा संस्थाका संस्थापक अध्यक्ष रविन्द्र तामाङ, पूर्व अध्यक्षहरु दिपेन्द्र तामाङ, जगत दोङ तामाङ, बिष्णुकुमार मोक्तान, सल्लाहकार अमरध्वज लामा, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा लगायत संघका कार्यसमितिहरुको  उपस्थितिमा थियो।