मिति :– २०८२ मंसिर १९
तामाङ पत्रकारहरूको साझा संस्थाको रूपमा २०६१ सालमा स्थापना भएको तामाङ पत्रकार संघ, सञ्चारमा तामाङ समुदायको पहुँच बिस्तार तथा तामाङ पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि क्रियाशील रहँदै आएको छ । संघको २ वटा प्रदेश, २३ वटा जिल्ला र दक्षिण कोरिया प्रवास कार्यसमिति बिस्तार भइसकेको छ । सीमित स्रोत र साधनका बिच आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको यस संस्थाले विभिन्न सरकारी निकाय, स्थानीय सरकार, गैरसरकारी संघ संस्थाहरूको सहकार्यमा पत्रकारिता तालिम, सञ्चार अनुसन्धान, बुलेटिन तथा पत्रिका प्रकाशन, पुस्तक प्रकाशन, पत्रकारिताको विकासका साथै तामाङ भाषा, साहित्य, संस्कृति, धर्म, कलाको प्रवद्र्धनलगायत विभिन्न विषयमा अन्तरक्रिया, बहस लगायतका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।
यसैबिच आफ्नो स्थापना दिवसको अवसरमा देशभरिका सम्पूर्ण तामाङ सञ्चारकर्मीहरू बिचबाट विभिन्न पुरस्कारहरू प्रदान गर्दै आएको छ । यस क्रममा यो पटक प्राप्त भएको सिफारिसअनुसार, तामाङ पत्रकारहरू बिच संघको मापदण्ड अन्तरगत छनौट समितिबाट सिफारिस भएको र मिति २०८२ मंसिर १८ गते बसेको संघको संघीय सचिवालय समितिको बैठकको निर्णय अनुसार
यसवर्षको रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार– २०८२ वरिष्ठ सञ्चारकर्मी एवं म्हेन्दोला फोलेका सञ्चालक सुनिल दोङ लामालाई, दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार– २०८२, ग्लोबल मिडियाकी सम्पादक अन्जु डिमदोङ तामाङ र तामाङ मातृभाषा पत्रकारिता पुरस्कार– २०८२ नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको ‘तामाङ तामसोर’का प्रस्तोता एवं पत्रकार वीर बल तामाङलाई तामाङ पत्रकार संघको २२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदान गरिने निर्णय भएको छ ।
थुजेछे ।
……………….
सरस्वती तामाङ
(महासचिव)
