संस्था परिचय

तामाङ पत्रकार संघ, नेपाल तामाङ सञ्चार कर्मीहरुको हकहित र सञ्चार माध्यममा तामाङ समुदायको मुद्दा स्थापित गर्ने उद्देश्यका साथ स्थापना भएको हो।

तामाङ सञ्चार समूहको नामबाट शुरु भएको यो संस्था औपचारिक रुपमा २०६१ मा स्थापना भएको हो। पछि नाम परिस्कृत गर्दै तामाङ पत्रकार संघ भएको हो। तामाङ पत्रकार संघको दुई प्रदेश कार्यसमिति, २२ जिल्ला कार्यसमिति र एक प्रवास कार्यसमिति रहेको छ।