अध्यक्षको सन्देश

हाम्रो उद्देश्य : व्यवसायिक पत्रकारिता

नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील तामाङ पत्रकारहरुको साझा संगठनको रुपमा तामाङ पत्रकार क्रियाशील रहँदै आएको छ। तामाङ पत्रकारहरुलाई संगठित गर्दै आफ्नो हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरु गर्दै आएको छ। तामाङ भाषा, सस्कृती संरक्षण र संम्बद्र्धनमा साथ दिँदै सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्राप्तीका लागि खवरदारी र पहरेदारको भूमिका निर्वाह गर्दै आएको छ।

विगत १९ वर्षदेखि संगठित हुँदै अहिले आएर २२ जिल्ला,२ प्रदेश र १ विदेश शाखाका रुपमा हामी विस्तार भइसकेका छौं। यो हाम्रो संगठनको गौरवको विषय हो।

देशमा विविधता छ। तर यहाँका नीति नियमहरु ती विविधतालाई सम्बोधन गर्ने किसिमको हुन सकिरहेको छैन। अझ सञ्चार नीति समावेसी छैन।

हाम्रो मुख्य उद्देश्य भनेकै नेपाली पत्रकारितालाई बढीभन्दा बढी व्यावसायिक बनाउने हो। अहिले तामाङ  पत्रकारहरुले विविधतायुक्त समाजअनुरुपको पत्रकारिताको अभ्यास गर्नका लागि त्यस दिशामा अघि बढिरहेका छौं।

लोकतन्त्र, विकास र सुशासन कायम गर्नका लागि पनि पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ। पारदर्शी र जवाफदेहीपूर्ण पत्रकारिताले मात्र सुशासन कायम हुनसक्दछ, लोकतन्त्र फस्टाउन सक्दछ। पहुँच र प्रतिनिधित्व मात्र नभई विषयवस्तुमा समेत समावेसिताको सिद्धान्त अपनाउने हो भने नेपाली पत्रकारिता साँच्चै व्यावसायिक बन्न सक्दछ। नेपाली पत्रकारिता क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन तामाङ पत्रकार संघ सदैव क्रियाशील रहनु पर्दछ, रहदै आएको र रहने छ।

अध्यक्ष
सुवास योञ्जन