स्थापना दिवसः अन्तरक्रिया सम्पन्न, तामाङ सञ्चार कोषलाई आर्थिक सहयोग गरिने पूर्वअध्यक्षहरूको प्रतिवद्धता ।

काठमाडौं ।
तामाङ पत्रकार संघको १९ औ स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षहरूसँग अन्तरक्रिया तथा वेबसाइट सार्वजनिक समारोह सम्पन्न भएको छ ।
तामाङ पत्रकार संघका संघीय अध्यक्ष सुवास योञ्जनको अध्यक्षतामा भएको समारोहमा पत्रकार सङ्घलाई भोलिका दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा संस्थापक अध्यक्ष र पूर्वअध्यक्षहरूसँग छलफल गरिएको हो ।
दिवसको अवसरमा शुभकामना तथा सुझाव दिनुहुँदै संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङले संघको नेतृत्वमा तामाङ समुदायको हितमा सत्य र तत्थमा आधारित पत्रकारिताका साथै कार्यक्रम आउँन जरुरी रहेको बताउँनुभयो ।
तामाङ समुदायका समाचार बन्ने धेरै विषयवस्तु भएको हुँदा सत्य र तत्थमा आधारित समाचार आउँन र संघको नेतृत्वमा बनाउँन जरुरी रहेको संस्थापक अध्यक्ष तामाङको भनाई छ ।
साथै उहाँले आफू संस्थापक भए पनि नेतृत्वमा आउँने सबै पदाधिकारीहरूले सम्झने गरेमा खुशी व्यक्त गर्नुभयो ।
साथै तामाङ सञ्चार कोर्षको लागि ५० हजार रुपैयाँ आर्थिक सहयोगको पनि घोषणा गर्नुभएको छ ।
आफ्नो शरीर रहुन्जेल सम्म पनि तामाङ समुदायको हकहितमै लागि राख्ने भन्नुहुँदै उहाँले समुदायको पक्षमा राम्रो समाचार लेख्ने पत्रकारलाई वार्षिक २५ हजार पुरस्कारको पनि व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
समारोहमा शुभकामना तथा सुझाव राख्नुहुँदै फोनिजका उपाध्यक्ष तथा संघका सल्लाहकार अमरध्वज लामाले पत्रकारिता आदिवासी सौन्दर्यका हुनुपर्ने बताउँनुभयो ।
मिडियामा आउँन नसकेको आदिवासी जनजातिका विषयवस्तुलाई तामाङ पत्रकार संघ र तामाङहरूले ल्याउन जरुरी रहेको भन्दै उहाँले तामाङ पत्रकारको व्यवसायीक वृद्धिका लागि पुरस्कार तालिम लगायत आश जगाउँने खालका कामहरू संस्थाले गरिने पर्ने सुझाव दिनुभयो ।
साथै उहाँले पनि तामाङ सञ्चार कोषको लागि सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संघीयतालाई फेल गराउँन लाग्नेको संस्था बढ्दै गयो
१९ औं स्थापना दिवसको अवसरमा अतिथि पूर्व अध्यक्ष दिपेन्द्र लामाले तामाङ समुदायमा सचेतना फैल्याउँने सञ्चार माध्यमको महत्वपूर्ण भूमिका भएको र त्यो अनुरूप लाग्न आग्रह गर्नुभयो ।
बागमती प्रदेश र एक नम्बर प्रदेशका आदिवासी जनजातिको धेरै भोट आदिवासी समुदायको हित विपरित रहेको पार्टीमा गएको प्रति आपत्ति जनाउनुभयो ।
संघीयता गणतन्त्र किन आवश्यक छ, यसको महत्व के हो, आरक्षण र समावेशी के हो र किन चाहिएको भन्ने सवालमा तामाङ समुदायका पत्रकारहरूले पत्रकारिताको माध्यमबाट आफ्नो समुदायलाई भन्न नसक्दा अहिले तामाङ समुदायको भोट नसोच्ने गरी अन्य पार्टीमा गएको तर्क गर्नुभयो ।
संघीयता, पहिचानको बारेमा बोल्ने र काम गर्ने पार्टीलाई भन्दा पनि राजतन्त्र चाहाने, संघीयता खारेज गर्नुपर्ने माग राख्ने पार्टीहरूलाई तामाङ समुदायको भोट गएको र यो विषयमा तामाङ पत्रकार संघ र पत्रकारहरूले आफ्नो समुदायलाई स्पष्ट पार्न जरुरी रहेको बताउँनुभयो ।
नेपालको नेताहरूको पनि यस्ता विषयमा महत्वपूर्ण भूमिका भए पनि आफ्नो समुदायलाई समयमै सचेत तामाङ पत्रकारहरूले गर्नुपर्ने उहाँको भनाई छ ।
संघीयतालाई फेल गर्न लाग्ने पार्टीहरूको संख्या बढ्दै गएको र यस्तो भएको खण्डमा हाम्रो समुदाय पुनः जिरोमा जानसक्ने उहाँले सुझाव व्यक्त गर्नुभयो ।
यस्तै निर्वतमान अध्यक्ष तथा संघका सचिवालय सदस्य विष्णु मोक्तानले आर्थिक कोष स्थापना भए पनि मजबुत बनाउने काम भएको भन्नुहुँदै सबैको सहयोग जरुरी रहेको धारणा राख्नुभयो ।

पूर्व अध्यक्ष जगत दोङ २०५५ साल देखिनै तामाङ पत्रकारहरु संगठित हुने थालेको स्मरण गराउँनुभयो । तामाङ सञ्चार कोषलाई ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुभयो । सामुदायिक रेडियो प्रसारण संघका उपाध्यक्ष मिलन गाहा, रेडियो नमोबुद्धको स्टेशन म्यानेजर तथा प्रेस चौतारीका महासचिव हिरा लामा लगायतका व्यक्तिहरुले शुभकामना तथा सुझाव राख्नु भएको थियो ।
काठमाडौंको होटल एयरपोर्टमा सम्पन्न भएको स्थापना दिवसको अवसरमा आयोजित पूर्वअध्यक्षहरूसँग अन्तरक्रिया तथा वेबसाइट सार्वजनिक समारोहमा कार्यक्रम संचालन महासचिव तिर्थ बलले गर्नुभएको थियो भने स्वागत मनतव्य वरिष्ठ उपाध्यक्ष बुद्ध योन्जनले राख्नु भएको थियो ।
कार्यक्रममा तामाङ पत्रकारहरु तथा विभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।