चौथो केन्द्रीय समितिका निर्णयहरु

मिति २०८० पौष १३ गते शुक्रवार  तामाङ पत्रकार संघ, संघीय कार्यसमितिको चौथो बैठक अध्यक्ष श्री सुवास योन्जन तामाङको अध्यक्षतामा बसि तपसिलका प्रस्तावहरु उपर छलफल गरि सर्व सहमतले पारित गर्ने निर्णय गरियो।

प्रस्तावहरु:- १) प्रशिक्षण अभियान संचालन गर्ने सम्बन्धमा ।

२) तामाङ जन प्रतिनिधि,सरकारी कर्मचारीहरुको प्रोफाइल समेटिएको पुस्तक तथा तामाङ मिडिया डाइरेक्टरी प्रकाशन गर्ने सम्बन्धमा।

३) मनोनयन सम्बन्धमा ।

४) सदस्यता वितरण,नवीकरण,जिल्ला र प्रदेश समितिको सम्मेलन तथा संघीय महाधिवेशन सम्बन्धमा।

निर्णयहरु:-

१) प्रस्ताव नं. १ प्रशिक्षण अभियान संचालन गर्ने सम्बन्धमा छलफल गर्दा प्रशिक्षण विभाग,संघीय कार्यसमितिको संयोजन तथा सम्बन्धित जिल्ला,प्रदेश समितिको आयोजनामा संघको शाखा  गठन भएको सबै जिल्ला,प्रदेशहरुमा यथाशीघ्र प्रशिक्षण अभियान संचालन गर्ने निर्णय गरियो ।

२) प्रस्ताव नं. २ माथी छलफल गर्दा वर्तमान बहालवाला तामाङ जनप्रतिनिधिहरु, सरकारी तामाङ कर्मचारीहरुको प्रोफाइल समेटिएको पुस्तक तथा तामाङ पत्रकारहरुको विवरण  समेटिएको मिडिया डाइरेक्टरी प्रकाशन गर्ने  निर्णय गरियो ।        ३) प्रस्ताव नं. ३ मनोनयन सम्बन्धमा छलफल गर्दा संघीय सचिवालय सदस्य श्री हिरामान बल बिना जानकारी लगातार तीन पटक सम्म सचिवालय बैठकमा अनुपस्थित रहेको र संघको बिधान अनुसार स्वत: पदमुक्त हुने भएकोले उक्त स्थान (संघीय सचिवालय सदस्य) मा शान्ती तामाङलाई मनोनीत गर्ने र संघीय कार्यसमिति सदस्यमा मायालु ङेसुर, शिवामाया तामाङ र सुदिन दोङलाई मनोनीत गर्ने निर्णय गरियो।

४) प्रस्ताव नं.४ माथी छलफल गर्दा आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म संघको नयाँ सदस्यता खुल्ला तथा वितरण संगै पुरानो सदस्यता नवीकरण गर्ने, ०८१ बैशाख १ गतेदेखि असोज १५ गते सम्म जिल्ला शाखाहरुको अधिबेशन सम्पन्न गर्ने , असोज १५ देखि कार्तिक मसान्तसम्म सबै प्रदेश समिति तथा प्रवास समितिको अधिबेशन सम्पन्न गर्ने र ०८१ मंसिर २१,२२ गते सातौं संघीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरियो ।

तिर्थमान बल

महासचिव