सातौं महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

तामाङ पत्रकार संघको सातौं महाधिवेशन सम्पन्न भएको छ। २०८१ पुस १३ गते काठमाडौंको एयरपोर्ट नजिकै रहेको एयरपोर्ट होटलमा महाधिवेशन सम्पन्न भएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री कान्छाराम तामाङको प्रमुख अतिथ्यतामा उद्घाटन भएको महाधिवेशनबाट नेत्र तामाङको अध्यक्षमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल, उपाध्यक्षमा साहिला तामाङ, शिशिर दोङ, महिला उपाध्यक्षमा डोल्माछिरिङ तामाङ, महासचिवमा सरस्वती तामाङ चयन भएका छन्।
यसैगरी सचिवमा आदर्श थोकर, जिबी लामा र मिक्साङ वाइबा र कोषाध्यक्षमा हिरामान बल चयन भए।
केन्द्रिय सदस्य (खुल्ला)मा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल योन्जन त्यसैगरीकेन्द्रिय सदस्य (बागमती प्रदेश)मा राजेश रुम्बा, अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ती थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ (अनिश), सोम्फे तामाङ,केन्द्रिय सदस्य (कोशी प्रदेश):अनुप योन्जन, सन्तोषीकला तामाङ र केन्द्रिय सदस्य (मधेश प्रदेश)मा साङ बहादुर लो (राजु) चयन भए।
निर्वाचन समितिका संयोजकसमेत रहेका पूर्वअध्यक्ष प्रतीक ङेसुर तामाङले कार्यसमिति निर्विरोध चयन भएको बताए। महाधिवेशनमा ङेसुरसहित पूर्वअध्यक्षहरु जगतमान दोङ तामाङ र विष्णु मोक्तान तामाङ रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।

महाधिवेशनमा देशभरका करिब १०० प्रतिनिधि सहभागी थिए। संघको हाल २३ जिल्ला, दुईवटा प्रदेश(बागमती र कोशी) र एक प्रवास (दक्षिण कोरिया) शाखा रहेको छ।